Monday, September 19, 2011

148.गजल -शुजन अनुराग














जल्ने मुटु जल्न छोडेन
गल्ने मन गल्न छोडेन

जति विश्वास देखाए पनि
मनको बाँध ढल्न छोडेन

आँशुले शरीर भिज्यो तर
छातीमा आगो बल्न छोडेन

घात अन्तर्घात कति कति
मायाँले अझै छल्न छोडेन

बाँच्ने चाहना नभए पनि
ढुकढुकि यो चल्न छोडेन

No comments :

Post a Comment