जाँदा जाँदै फर्किएर हेर्ने तिम्रो बानी खराब
मुटु मेरो थर्काउने आँखा को त्यो नानी खराब
कुरा गर्दा गर्दै बिदा हुनु पर्ने बिडम्बना
त्यही बेला गर्जन सहित बर्सी दिने पानी खराब
तिम्रो साथको समयलाई रोक्ने मेरो प्रयास बिफल
छुटीएर छेकिनासाथ बज्ने फोनको ध्वनी खराब
घरी दाँया घरी बाँया कोल्टे फेर्छ रात मेरो
पलपल छटपट गराउने आफ्नै मानकि रानी खराब
मिलन पछी बिछोड अनी बिछोड पछी के हो के हो
पुन भेटदा रसाउने मुस्कानको खानि खराब








No comments :
Post a Comment