Monday, September 19, 2011

150.गजल -रामकृष्ण पौडेल "अनयास"
















जमरा र रातो टिका बनाएर राख आमा
एक्लै बस्न सक्दिनम स्वदेशमै डाक आमा ।

रुदै आँसु बगाउँदिहुन,मलाई पनि फर्कु लग्छ
बिदेशको महल भन्दा तिम्रो प्यारो काख आमा ।

लुछाचुडी अशान्ति र कुर्चि कै छ खेल देशमा
छिट्टै आउछु शान्ति छाओस् देउरालिलाई भाक आमा ।

दशैँ तिहार चाड आउदा गहभरी आँसु बगाई
सपनिमा खाको देख्छु घरकै मिठो छाक आमा ।

गाउँमै पालो पैचो अनि मेला पर्म गरी बस्छु
मतृभुमी छाडी जन्न धेरै खाए लात आमा ।

No comments :

Post a Comment