Monday, September 19, 2011

151.गजल- राम शरण श्रेष्ठ














तिमी सँग हार्नुको नि, मजा बेग्लै हुन्छ ।।
आफै एक्लो पार्नुको नि, मजा बेग्लै हुन्छ ।।

हुनत तिमी बिना , हुन्छ कठिन एकपल यहाँ,
भएनि टाढा सार्नुको नि, मजा बेग्लै हुन्छ ।।

रिसाएर घुक्र्याएर , सताउँछ्यौ जब अति,
छिनभर मायाँ मार्नुको नि, मजा बेग्लै हुन्छ ।।

जति तिमी हुन्छ्यौ रिसमा, हेरिरहुँ लाग्छ त्यति,
फकाई रिस झार्नुको नि, मजा बेग्लै हुन्छ ।।

अफैलाई कहिलेकाँहि, आफैदेखि दिक्क लाग्दा,
तिम्रो साथ धिकार्नुको नि मजा बेग्लै हुन्छ ।।

केहि दिन टाढा भई, भेट्न नपाउँदा झन
यादमा गजल नार्नुको नि, मजा बेग्लै हुन्छ ।।

No comments :

Post a Comment