कुराकानी उस्तै छन्, मात्रै साल फरक,
जालहारी तिनै हुन्, मात्रै जाल फरक,
तरकारी, भात अनि बस्ने पिर्का पुरानै,
डाडु पन्यु त्यहि हुन्, मात्रै थाल फरक,
भान्छाकोठा, भुसेचुल्हो त्यस्तै नून बेसार,
घिउसँग झानिएको मात्रै दाल फरक,
बजाउने गाजाबाजा अनि नाच्ने नर्तकी,
शब्दहरु उही तर मात्रै ताल फरक,
कौडीपासा, जुवाडे र तिनै हुन् रमिते,
च्याखेदाउ त्यतिनै हो मात्रै खाल फरक,








No comments :
Post a Comment