Sunday, May 20, 2012

44.वर्तमान यो के हुदैछ जान्न सकेनौ तिम्ले।

वर्तमान यो के हुदैछ जान्न सकेनौ तिम्ले।
स्थान कस्लाई कहाँ हो छान्न सकेनौ तिम्ले॥

नियम कानुन नभएरै डामाडोल भयो।
आफै गल्ती गर्यौ होला हान्न सकेनौ तिम्ले॥

निर्णय गर्छौ सत्य के हो थाहा छैन तिमिलाई।
कारघार भित्र दोषीलाई बान्न सकेनौ तिम्ले॥

रगत रातो सबैको रितिरिवाज बेग्ला बेग्लै।
ईज्जत मानव धर्मको धान्न सकेनौ तिम्ले॥

मुखले मात्र ठिक्क हात गोडा चलाउदैनौ।
भिरै बाट लड्दा पनी तान्न सकेनौ तिम्ले॥

कृष्ण पौड्याल बम्घा एक गुल्मी

No comments :

Post a Comment