सर्दैछ ऊ बसाँई अब, खास..... मेरै लागी
फुल छोडी आउछु भन्छ, सुवास मेरै लागी
साह्रै जिद्दी स्वभाब छ, चाएपछी पाउनै पर्ने
पाईन भने मर्छु भन्छ, बदमास मेरै लागी
मैले अन्तै माया लाछु यत्ति के भनेको थे
समाएछ भट्टीमा गै, गिलास मेरै लागी
बेचैन हुदै आजभोली, हिड्छ अरे बरालिदै
छैन भन्छन घरमा उस्को, बास मेरै लागी
हेर्नमा त साह्रै राम्रो, तर अलि अल्लारे छ
झार्छु भन्छ जुनतारा र आकाश मेरै लागी
लक्ष्मी "ईतिहास"
रेडियो एकता लालबन्दी
साह्रै जिद्दी स्वभाब छ, चाएपछी पाउनै पर्ने
पाईन भने मर्छु भन्छ, बदमास मेरै लागी
मैले अन्तै माया लाछु यत्ति के भनेको थे
समाएछ भट्टीमा गै, गिलास मेरै लागी
बेचैन हुदै आजभोली, हिड्छ अरे बरालिदै
छैन भन्छन घरमा उस्को, बास मेरै लागी
हेर्नमा त साह्रै राम्रो, तर अलि अल्लारे छ
झार्छु भन्छ जुनतारा र आकाश मेरै लागी
लक्ष्मी "ईतिहास"
रेडियो एकता लालबन्दी
No comments :
Post a Comment