Wednesday, May 23, 2012

46.तिम्रो आँखा सामु त्यो, गीलासको.. शराब कम लाग्छ

तिम्रो आँखा सामु त्यो, गीलासको.. शराब कम लाग्छ
झुठ बोल्छन ती फूलहरु, गुलाबको पराग कम लाग्छ

नजरै छन् धारिला उन्को, जहाँ परे हुन्छन चिरा चिरा
तरबार पनी तिम्रो सामु, सत्य भन्छु..खराब कम लाग्छ

भुतुक्क पार्ने त्यो कर्के हेराईका, अचुक शस्त्र बाणले
फीका छन् बन्दुक छोडेका, गोलीको..टकराब कम लाग्छ

रुपैको जाल कस्तो खोली छाडि, माछीलाई फसुफसु लाग्ने
त्यही जालमा फस्नेहरु भन्छन, माकुरिको धराप कम लाग्छ


गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई

No comments :

Post a Comment