रुप अनुरागी |
हात समाई चुनेउ भने, साँचो प्रीति एउटा हुन्छ ।
हिंस्सी वदन् जादु मुस्कान्, मन मेरो धर्मरायो
दिल्मा सजाई थुनेउ भने, माया गाँस्ने मउका हुन्छ ।
नबोलेमा पाप लाग्ला, बोलाऊँ भने बात लाग्ला
जाल कजाई बुनेउ भने, कित छक्का चउका हुन्छ ।
जून हौ कि परी तिमी, रुप धूप जवानीको
आत्मा रमाई बुझेउ भने, सफल् प्राप्ति हँउसा हुन्छ ।
कर्म(कर्तु जुर्नु पर्छ, पिरतीको साइनो जोड्दा
फूल थमाई ऊनेउ भने, अजम्बरी अँउठा हुन्छ ।
रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली , तनहुँ
हाल ( दुबई ९ यूएई ०
No comments :
Post a Comment