सपनाहरु अधुरा हूँदैछन्,बिस्तारै बिस्तारै।
मन भरी कुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
उनिहरुका कोही नि,छैनन् रे यो धर्तिमा।
सायद टुहुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
हिजो सम्म नितान्त, नौनी नरम देख्थें।
अचानक छुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
संघर्षका पाइलाहरु,नचालेको पनि होइन।
गन्तब्य अपूरा हूँदैछन्,बिस्तारै बिस्तारै।
मौन बस्न रुचाउने उनि, चुप पनि बसेकै हो।
आज साँच्चै सुरा हूँदैछन्, बिस्तारै बिस्तारै।
Butwal-Rupandehi
Present-Kabul,Afghanistan







No comments :
Post a Comment