आफ्नै सम्झी मनै देखी माया गर्छन यहाँ।
अनन्त हासो खुसी मुटुभरी छर्छन यहाँ॥
मन भित्रको कालो दाग देख्न कहाँ सकिन्छ र।
अन्ध विश्वासको आधारमा भर पर्छन यहाँ॥
गल्ति गर्नै पर्दो रहेन्छ धोका पाउन त।
कुल्चिएर बिगतलाई अन्तै सर्छन यहाँ॥
प्रकृतिको खेल हो कि भाग्यमानै यस्तै लेखेको।
एक नजर नफर्काई सागर तर्छन यहाँ॥
गल्तिलाई सच्चाउन बेअर्थका आँशु झार्दै।
आफ्नो स्वार्थ पुरा गर्न ज्युदै मर्छन यहाँ॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी

No comments :
Post a Comment