शान्ति पाख्रिन |
तिमी जस्तो निस्ठुरी त भेट्नु छैन अब
तिम्ले टेक्ने आगनी"मा टेक्नु छैन अब
चाहे जाउ चाहे खाउ नसा संगै चाहे रमाउ
छेक्थ्ये धेरै तिम्रो बाटो छेक्नु छैन अब
तिम्रो मन चक्कु रैछ यो मन नौनी थियो
जानी जानी आफ्नो गला रेट्नु छैन अब
पानि थिएं सधै मत आगो पो रैछौ तिमी
आफैलाई आगो माथी घ"चेट्नु छैन अब
एक्लो भएं भन्दैमा हरेस खाइ मर्दिन म
आफ्नो नाम निसाना नै मेट्नु छैन अब
एस.पी
शान्ति पाख्रिन
हाल-इजरायल
No comments :
Post a Comment