बाच हासिहासि.......पुरानो डाएरी बाट (२०६४)

मै टाढा भए पनि बाच हासिहासि
अर्कै नाता पाइहाल्छौ गास हासिहासि
रुखो रैछ तिम्रो माया कहाँ पलाउछर
पलाउदैको मेरो माया भाच हासिहासि
यो पिडालाई चितामा मै बल्छु अब
अर्कैको सिन्दुर टिका टास हासिहासि
तिम्रो भागको आसु पनि मै रोइदिन्छु
आफ्नै बेको रत्यउलिमा नाच हासिहासि
रमाइलो छ तिम्रो जिबन उतै बिताउ भो
जादै गर्दा हेर मेरो लास हासिहासी
Nabin Nepal







No comments :
Post a Comment