गित गजल बिरहका गाउनु अर्थ छैन अब।
दोबाटो उन्का निम्ती धाउनु अर्थ छैन अब॥
झुठो रैछ बाचा कसम झुठै रैछ माया पनी।
प्रकटमा धोकेबाजको आउनु अर्थ छैन अब॥
कस्ले देख्यो भविष्य कसरी चिन्नु र खै।
घाटी पासो प्रेममा लाउनु अर्थ छैन अब॥
छुट्नु नै थियो आखिर रोदन बिलाप युद्द किन।
टुट्ने धड्कनमा खुसी छाउनु अर्थ छैन अब॥
एकै छिनको चन्द्रमा फेरी औशिको रात भयो।
अधुरो साथ जिन्दगिमा पाउनु अर्थ छैन अब॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी
No comments :
Post a Comment