Sunday, June 3, 2012

63.किन होला आजभोलि ममा भाउ खोज्छ उस्ले-2


सुरज थापा मगर
गजल
किन होला आजभोलि ममा भाउ खोज्छ उस्ले
दाग मात्र भएको ज्यानमा घाउ खोज्छ उस्ले

जीवन यो माना सरी टन्न भरि दिदाँ पनि
अघाए झै भो पर्दैन भन्दै पाउ खोज्छ उस्ले

सधै हाँस्ने नजिकको मिल्ने साथी थियो त्यो
मैले आखाँ छलेको बेलामा दाउ खोज्छ उस्ले

म पनि त आफ्नै मान्छे सहयोग गर्छु भन्छु
जब पैसा चाहिन्छ घरमा साउ खोज्छ उस्ले

म छु तिम्रो साथमा चिन्ता धेरै नगर भन्दै छु
सागर तर्दा हतारिएर नाउ खोज्छ उस्ले


गजल
अरुको दुःखमा पनि रमाउँछ किन मान्छे
गद्दार गरेर धन कमाउँछ किन मान्छे

कामै नभए झै आउनुहोस् भनेर यहाँ
आफु भने कामलाई जमाउँछ किन मान्छे

धुन राम्रो सिर्जना गरी सधैं आफ्नो स्वार्थमा
लिप्त भएर सम्बन्ध लमाउँछ किन मान्छे

सुन्दर छौं तिमी भन्दै धोका दिई अरुलाई
अरुकै दुःखमा खुसी मनाउँछ किन मान्छे

झुठ, स्वार्थ र राजनितिकको खेल खेल्नेले
साहित्यको त्यो कलम समाउँछ किन मान्छे

No comments :

Post a Comment