भावना आफै पलाऊँछन् त, म के गरुं
अनयासे मन गलाऊँछन् त, म के गरुं
अनयासे मन गलाऊँछन् त, म के गरुं
असीमित ति चहाना, छन धेरै कल्पना
सपनाहरु त्यसै जलाऊँछन् त, म के गरुं
सपनाहरु त्यसै जलाऊँछन् त, म के गरुं
पिरती मुटुमा खोपेर,फलाउंछू भन्थें रोपेर
विषरुपी फलहरु फलाऊँछन् त,म के गरुं
विषरुपी फलहरु फलाऊँछन् त,म के गरुं
सबै स्वप्न पनि रित्तियो, यादहरु मेटियो
जिन्दगी नै हलाऊँछन् त, म के गरुं
मायाको बिरुवा सारेर, बार पनि बारेर
विडम्वना पर्खाल ढलाऊँछन् त म के गरुं
बुटवल-रुपन्देही
हाल,काबुल, Afghanistan
No comments :
Post a Comment