जिवनको वास्तविक कोरें आज फेरी।
टुक्रिएको धड्कनलाई जोरें आज फेरी॥
कसैको सम्झनामा हत्तारिने दिमाग।
नदेख्ने गरी आफैमा चोरें आज फेरी॥
अनगिन्ति कल्पनामा छिया छिया हुदा मुटु।
अलिकती रहेको आशा फोरें आज फेरी॥
जानिसकें सबै यहाँ अब धोका खान्न भनी।
दु:ख मैला जती बिगतका सोरें आज फेरी॥
आँशु पुछ्ने कोही हुन्न हासो थप्ने धेरै छन।
बेअर्थको त्यो जिन्दगीलाई छोडें आज फेरी॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी
No comments :
Post a Comment