Monday, June 11, 2012

79 मलाई उपकार दैवले नै गर्ला जस्तो छ।

मलाई उपकार दैवले नै गर्ला जस्तो छ।
माया सट्टा घृणा दिमागमा सर्ला जस्तो छ॥

उन्को आँशु देख्दा दु:ख लाग्ने गर्दथ्यो।
मैले भन्दा खुसी पराईले छर्ला जस्तो छ॥

भुल्न निकै गाह्रो भयो भेट हुदा सधै यहाँ।
अब भने बेशितिर बसाई झर्ला जस्तो छ॥

जे जे हुने भईगो अतितलाई बिर्सिने छु।
गाउनै छाडी हिडे ताल पर्ला जस्तो छ॥

फेरी मिलन होस भन्ने चाहना छैन मेरो।
बिछोड सँगै यादहरु सबै मर्ला जस्तो छ॥

कृष्ण पौड्याल बम्घा एक गुल्मी

No comments :

Post a Comment