Sunday, June 10, 2012

त्यो केटी कस्ती, हुँदैन भन्दैछे

त्यो केटी कस्ती, हुँदैन भन्दैछे
प्रेमिको रुवाइले, छुदैन भन्दैछे
आसु सकियो, रगत बग्छ अब
एक थोपा आसु, चुदैन भन्दैछे

माया त के ज्यानै दिन्छु भन्छ्
घृना को गठो, फुदैन भन्दैछे

बितायो बैस कुलतमा उस्ले
तेतिले ज्यानै, कुदैन भन्दैछे

तेसैको कारण बौलायो उ
मेरो शिर ठाडो, नुदैन भन्दैछे

त्यो केटी कस्ती, हुँदैन भन्दैछे
प्रेमिको रुवाइले, छुदैन भन्दैछे

Nabin Nepal

No comments :

Post a Comment