मलाई तिम्रो न्यानो काख, मिठासमा ढल्न देउ न ।
मैन-झैँ दियालोमा, रातभरि जल्न देउ न ।।
प्याला भरेर मदहोशमा, मायाको रङ्ग रागले ।
जलेर बाँकी रहेको, अस्तु नि गल्न देउ न ।।
सिर्फ तारिफ कति म गरूँ, मनै भएन वश'मा ।
केश्रा-केश्रा कालो केश, मेहन्दीमा चल्न देउ न ।।
लहर भरेर दन्तमा, चलाउ चुल्बुल् ओठमा ।
लुकेर लाज लुकाई, आँखामा छल्न देउ न ।।
मलाई तिम्रो न्यानो काख, मिठासमा ढल्न देउ न ।
मैन-झैँ दियालोमा, रातभरि जल्न देउ न ।।।।
दि: गजरा
(दिपक निरौला)
फुङ्लीङ् -२, मेदिबुङ् , ताप्लेजुङ्
((सिड्नी))

No comments :
Post a Comment