Thursday, July 5, 2012

198.लुछि लुछि गिद्धहरुले

लुछि लुछि गिद्धहरुले देशलाई खाएका छन
चारै तिर लुटि हिड्ने लाइसेन्सहरु पाएका छन्।
सोर्ग थियो नर्क भयो राक्षसहरुको राज यहाँ
जनताको रगत खाँदै आलो हात आएका छन्।
छुट्ने होकि लाईसेन् भन्दै सत्तारुपि खेलको
बिदेशी र स्वदेशीको घर दैलो धाएका छन्।
छैन खुबी ब्वासो सग ऊडुसहरुको साथ खोज्छन्।
गिद्ध व्वाँसो उडुसले सत्ता यहाँ चाएका छन्
अन्धकारमा रुमलिएर भुल्दा अाफ्नै अस्तित्व
बिदेशीको राष्ट्रिय गान अाफ्नो भन्दै गाएका छन्।

 "अनमोल" गौरव
 सिनामंगल काठमाडौं

No comments :

Post a Comment