वाध्यतामा टाढा हुँदा मायाँ नमार है ।मनमा पीर भए पनी आँशु नझार है ।
हास्नु खेल्नु रमाउनु साथी संगी माझ ।
फुल जस्तो जोबान तिम्रो अन्त नसार है ।
साझ बीहान यो मनमा याद बड्दा झनै ।
सपनीमा भेट्न आउछु हातले नबार है ।
मेला पात अर्म पर्म गर्नै पर्छ गाउमा ।
बीना कारण रातको बेला बस्ती नचार है ।
लोभी आँखा पापी मन शुख खोजी हिड्दा ।
छाडी तिमी मिलनलाई एक्लो नपार है । ।
मिलन मोक्तान्
मधुमल्ला मोरङ







No comments :
Post a Comment