अझै उनको लागि दिलमा ठाउँछ भन्नु हैअब छिट्टै फर्किएर गाउँमा आउँछ भन्नु है
झ्याउरे हामि खेलेको,याद मन्मा ताजै छ
दौँतरीसंगै मिठो भाका पनि गाउँछ भन्नु है
विडम्वना मेरो पनि, विदेशिनु पर्यो हजुर
उनकै यादमा सिरानी भि'जाउँछ भन्नु है
बाचा उन्लाई गरेको थिएँ,ल्याइदिन कोशेली
साँच्चै नभुली मायाको चिनो ल्याउँछ भन्नु है
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान







No comments :
Post a Comment