Monday, August 6, 2012

153.भिर पाखा पहरामा तिमी सँगै रम्न पाऊ।


भिर पाखा पहरामा तिमी सँगै रम्न पाऊ।
रानी खोला छहरामा तिमी सँगै रम्न पाऊ।

छुपु छुपु धान रोप्नु मैले हल चलाउँदा,
खेतका ति गहरामा तिमी सँगै रम्न पाऊ।

असारको महिना यो रुझाउँला झरि लाग्दा,
ओत लाग्दै टहरामा तिमी सँगै रम्न पाऊ।

चङ्गी चङ्गी फूल टिप्न चढ्दै साथै पहाडमा,
नाग बेली लहरामा तिमी सँगै रम्न पाऊ।

पवन घर्ती मगर
 
हाडहाडे गुल्मी

No comments :

Post a Comment