किन यति धेरै घमण्डी... कोही कोही ।।
छ अमहताकै बन्दी...... कोही कोही ।।
म आफ्नो ठान्छु..., ठूलो भै दिन्छ उ
गर्नै चाहन्न संधी......, कोही कोही ।।
सबैलाई सानो....., ठान्ने उस्को बानी
झैं सोच अति सामन्ती, कोही कोही ।।
मित्रतामा नाफा घाटा हिसाब राखीराखी
बनाउँदै हिँड्छ साथी, संगी कोही कोही ।।
मान्छे भई मान्छेको, ब्यवहार नगर्ने ति
दिक्क लाग्छ मलाई, सम्झी कोही कोही ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
http://chisapaninepal.blogspot.com/








No comments :
Post a Comment