Wednesday, August 15, 2012

181.झनै कठिन समय

झनै कठिन समय देखिरहेछु ।।
टुटे–फुटेको हृदय देखिरहेछु ।।

जस्ले गुहार्न सक्यो भक्तहरुलाई
उनिहरुकै जय–जय देखिरहेछु ।।

कस्ले अन्त्य गर्ला प्रथा चोरीको
चिरंजिवि झैं अभय देखिरहेछु ।।

उस्ले ब्यर्थै दिल दिएछ कठै
धोका निष्चित तय देखिरहेछु ।।

किन हिमाल पहाड तराईको
फरक फरक लय देखिरहेछु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
http://
chisapaninepal.blogspot.com/

No comments :

Post a Comment