Sunday, August 19, 2012

193.ओई सु’न तिमी मसंग,रिसाएर केही नाप्दैनौ


ओई सु’न तिमी मसंग,रिसाएर केही नाप्दैनौ
यौवनको भारी अन्तै, बिसाएर केही नाप्दैनौ

पवित्र छू भनी भो, पानी'माथि ओबानो नबन
अमृतमा त्यो जहर, मिसाएर केही नाप्दैनौ

होस गुमाई के-के गर्यो, चेत छैन तिमीलाई
नीचहिन त्यो भावना,फिजाएर केही नाप्दैनौ

जो हुनु भयो तिम्रो, घिर्णा लाग्छ चाला देखेर
यो "रोहित"लाई अब, रिझाएर केही नाप्दैनौ

रोहित राना  
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान 

No comments :

Post a Comment