Wednesday, August 22, 2012

194.ओईलिएको भन्दा त झरेकै राम्रो

ओईलिएको भन्दा त झरेकै राम्रो
कि त भने कलीलैमा मरेकै राम्रो

बाचेर के गर्नु छ स्वार्थी समाजमा
दुक्क हुन्छ यमलोक सरेकै राम्रो

आशाकोझोली कती सम्म थप्दै बस्छौ
पापी आत्मा त बैतडी तरेकै राम्रो

कोही भन्छन धर्म गरे कर्म फुट्छ
सके सम्म आफ्नै भुडी भरेकै राम्रो

न्याय दिने त्यो न्याय धिशको हर्कत
सम्झिदा खेरी अन्याय गरेकै राम्रो 





पासाङ तमु
गोर्खा,नेपाल

No comments :

Post a Comment