Wednesday, August 22, 2012

195.आऊंदैन भनेको कस्तो,यती भांतिमा बोलायौ


आऊंदैन भनेको कस्तो,यती भांतिमा बोलायौ
एक्लै'छूके घरमा भन्दै,मध्य रातिमा बोलायौ

दिल गल्यो मन सम्हाली, डराई डराई आएँ
सबै रैछन घरमा किन,धांती धांतीमा बोलायौ

बिस्तारै भित्र पसें म,भर्याङ चढ्दै थीइन उनी
आऊ'न यता आऊ भनी,माथि आँटीमा बोलायौ

सुनसान थियो वातावरण,ढोका'नि बन्द गरिन
मन्द मुस्कान छर्दै,त्यो-उदार,छातिमा बोलायौ

Copyright@
रोहित राना
बुटवल-रुपन्देही
हाल-काबुल,अफगानिस्थान

No comments :

Post a Comment