Sunday, August 26, 2012

207.मेरो जीवनमा क्या मिट्ठो, घाउ बन्यौ िन बल्झन

मेरो जीवनमा क्या मिट्ठो, घाउ बन्यौ िन बल्झन
लिॅदै आॅत भरिने, नाऊॅ बन्यौ नि कल्पना ।।

विहानी शीत बटुल्दै, हात समाई गुण्गुनाउॅथ्यौ
गोधुलि साॅझमा फर्केर, सॅगै जाऊॅ भैन्दै आउथ्यौ ।।

कोईल तिमी- कोईली, मिठो मिठो बोलि ढल्कन
लिॅदै आॅत भरिने, नाऊॅ बन्यौ नि कल्पना ।।
मेरो जीवनमा क्या मिट्ठो, घाउ बन्यौ नि बल्झन ।।।

लिएर पाऊजु  पाउमा, बज्थ्यो क्या ताल तालमा
फुल बाबरीझैॅ, नाच्दथ्यो चाल चालमा ।।

जून पनि लजाऊॅथ्यो, ितम्रो अगाडी टल्कन
लिॅदै आॅत भरिने, नाऊॅ बन्यौ नि कल्पना ।।
मेरो जीवनमा क्या मिट्ठो, घाउ बन्यौ नि बल्झन ।।।

मुटु चुॅडेर लिई गयौ, माया छ-छैन नभनी
उस्तै रहिछौ तिमी नि, दुरूस्तै रैछु म पनि ।।

छाडी गयौ नि आॅखामा, बाॅकी राखेर छल्कन
लिॅदै आॅत भरिने, नाऊॅ बन्यौ नि कल्पना ।।
मेरो जीवनमा क्या मिट्ठो, घाउ बन्यो नि बल्झन ।।।
लिॅदै आॅत भरिने, नाऊॅ बन्यौ नि कल्पना ।।।।

             -------गजरा---------
               (( हाल: सिड्नी ))

No comments :

Post a Comment