Wednesday, September 12, 2012

245.फर्क युवा अब त स्वदेश ......बनाउनुछ्


फर्क युवा अब त स्वदेश ......बनाउनुछ्
हिमाल पहाड एकै छनो मधेस बनाउनुछ

धेरै बगे पसिना त्यो सिच्यौ ...पराईभुमि
अब देशलाई सबै सामु बिशेष बनाउनुछ

कति गर्नु गुलामी यो दुई छाक कै लागी
खान्छु ढिडो दौरा आफ्नै भेष बनाउनुछ

सीमा मिच्ने चेली बेच्ने... पशुमानबलाई
चट्टान बनि उभिएर हरेस ......बनाउनुछ

 ज्ञान शीप सिकेजती खर्चौ  ..आफ्नै देशमा
श्रृङ्गारेर मातृभुमि संसारकै बेस बनाउनुछ्

मेरो गौरब
गौरब श्रेष्ठ (मनकुरा)

No comments :

Post a Comment