अचम्म भो जिन्दगीमा, बर दिने कोहिँ छैन ।
एक रात बस्नलाइ , घर दिने कोहिँ छैन ।।
सबैले नै आफ्नो आफ्नो अधिकार खोज्ने हुदा,
आफुलाइ 'थापा' भनि, थर दिने कोहिँ छैन ।।
किन किन एक्लो भयो जिन्दगी यो आज भोली
मरुन्जेल सगैँ बाँचि, भर दिने कोहिँ छैन ।।
मेरो सामु बाचा गर्दै अब देखी आफ्नो सम्झी,
जानी जानी मायालुको, कर दिने कोहिँ छैन ।।
भित्र भित्रै मन साट्दै समिपमा लिए पनि,
मन ढाक्न मायाँरुपी, खर दिने कोहिँ छैन ।।
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल - रोल्पा
हाल - दोहा, कतार

No comments :
Post a Comment