Tuesday, September 18, 2012

261.लाजले होकी नजीक, .पर्दै परीनौ तिमीत!!

लाजले होकी नजीक, .पर्दै परीनौ तिमीत!!
टोलाएर बसेउ ठाँउ,.सर्दै सरीनौ तिमीत!!

रहरको भारी िबसाउन....आउछु भन्थेउ!
कुरीरहे बेसी ितर,.....झर्दै झरीनौ तिमीत!!

रूझायौ सबै, तर कसरी समालीयौ आफै!
खोला बीचमा बसेउ,...तर्दै तरीनौ तिमीत!!

इसारा गर्दा....नाई हुन्न मत मर्छु भन्थेउ!
अंगालो कस्दै लगेउ,..मर्दै मरीनौ तिमीत!!

धुर्ब  क्षेत्रि
बुटवल-रुपन्देही
हाल- संयुक्त अधिराज्य अमेरीका

No comments :

Post a Comment