दिपक भट्टराई |
तिमी संग रमाउँदा, धेरै खुसी गुमाएछु ।
तिमी संग हराउँदा, धेरै खुसी गुमाएछु ।।
किन खुसी मेटीदैछ, अनायसै आज भोली
जुन संग घमाउँदा, धेरै खुसी गुमाएछु ।।
धेरै खुसी दिन्छुभनि, झुटोव्यवहार गर्यौ तिमले
जिन्दगी सं डराउँदा, धेरै खुसी गुमाएछु ।।
मान्छे किन स्वार्थीहुन्छ, अर्काको मन जित्नलाई ?
स्वार्थ संग कराउँदा, धेरै खुसी गुमाएछु ।।
टुटाएर गयौ नाता, केनै पायौ तिम्ले सानु ।।
तिमी संग हराउँदा, धेरै खुसी गुमाएछु ।।
जिन्दगी सं डराउँदा, धेरै खुसी गुमाएछु ।।
दिपक भट्टराई
भोर्लेटार–४, लमजुङ
फोन नं.–००९७७–९८४६३–६८००८
No comments :
Post a Comment