Wednesday, September 19, 2012

277.नविन नेपालका दुई गजलहरु

नविन नेपाल
1.गजल एक  
कुहिएको फोहोर दाम लाग्छ, सोच ।
फालेको ढुङ्गा काम लाग्छ, सोच ।

हिडेको बाटो गल्ती नि होला
फर्केर फेरी जाम लाग्छ, सोच ।

गोलो छ धर्ती पालो आउछ सबको
सिमसार खेतमा घाम लाग्छ, सोच ।

छाडेर गए धोकेवाज भन्छु
जिन्दगी भरिलाई नाम लाग्छ, सोच ।

फलामले कुटे छालामा घाउ
बोलिले मुटुमा डाम लाग्छ, सोच ।

आशिर्बाद लाग्न समय लाग्ला
सराप त ठाम्को ठाम लाग्छ, सोच ।

डराएको  होईन सम्झाएको हुं
नबिनलाई मायाको लाम लाग्छ, सोच ।


2.गजल दई

म भन्दा नि काले भए उतै जाउ,
काले झन दिलवाले भए उतै जाउ,

मसँग त छैन कुनै राम्रो जगिर
उ कतैको पाले भए उतै जाउ,

नबोली त बस्न गारै हुन्छ मलाई,
उ सज्जन म चोथाले भए उतै जाउ 

प्रजातान्तृक ब्यबस्थानै ठीक भन्छु म
त्यो चाही एमाले भए उतै जाउ,

र्‍याप ट्याप, हिपप मलाई मनपर्छ
ढाका टोपी लाले, भए उतै जाउ,

मेरो घरमा मान्दैनन अहिले बिहा गर्न
मान्छन उस्का बाले भए उतै जाउ,

घुमाउछु खैरे एही हो मेरो काम
उ धनी म गोठाले भए उतै जाउ,

जती बहस गरेनी बिश्वास हरायो तिम्रो
पाल्छ तिम्लाई मजाले भए उतै जाउ,

नबिन नेपाल
सुडाल भक्तपुर

No comments :

Post a Comment