प्रकाश अज्नबी |
यहाँ मान्छे भगवान भएपछि
सिङ्गै बस्ति सम्सान भएपछि
यस्तो त यहाँ चलिनैरहने भो
कपट मुर्ख बिद्धान भएपछि
अब हार त निश्चित नै हुने छ
स्वंय खेलाडी बैमान भएपछि
सत्तुर त हास्ने नै भए आखिर
भाई-भाईमा हानाहान भएपछि
खै बाबु आमाले के सुख पाउलान
नालायक सन्तान भएपछि ॥
प्रकाश अज्नबी
हाल-मुम्बई
No comments :
Post a Comment