Wednesday, September 19, 2012

279.गजल-रंगी चंगी माहोल छ..

संजय कुमार खड्का
रंगी चंगी माहोल छ उदास बस्नु कसरी म
समिपमा छैनौ भन्दै निरास बस्नु कसरी म |१|

साथी संगी रमाइलो रातो घुम्टी काँधमा सारी
भरोसामा छैनौ तिमि उपहास बस्नु कसरी म |२|

नजिक हुदा हेला जस्तै टाढा भयो माया बढ्यो
ब्रत बस्छु तिम्रो लागि मलमास बस्नु कसरी म |३|

सम्झी बस्छु भित्रि मनमा अलि अलि डर पनि
आँखा छली बाटो बिराइ बदमास् बस्नु कसरी म |४|

कुटुकुटु मन खायो बाडुली पो लागि रह्यो
पिडा सबै लुकाएर दंगदास् बस्नु कसरी म |५ |

संजय कुमार खड्का
रामेछाप देउराली -८

संजय कुमार खड्का
रामेछाप देउराली -८
हाल :- साउदीअरब

No comments :

Post a Comment