Monday, September 24, 2012

311.सोंच्दै नसोंचेका निस्कर्ष,निस्कदैछन्

सोंच्दै नसोंचेका निस्कर्ष,निस्कदैछन्
दिन हप्ता महिना हुँदै वर्ष,निस्कदैछन्

बिहान आउँछ मात्र , खुशी लिएर जान्छ
केवल मौनताको यहाँ स्पर्स,निस्कदैछन्

केहि आशहरु मर्छन् त, केहि पलाउछ्न्
त्यसैले मनभरि पून: हर्ष, निस्कदैछन्

मानव मानव बिचका,सोंच अनेक अनेक
त्यसैले भिन्न कार्य परामर्श,निस्कदैछन्

भिडमा खोजि रहेँ,असल मानव मैले पनि
सोंचे झैं हेर एकहुल आदर्श, निस्कदैछन्

http://rohitmagar.blogspot.com/

रोहित राना 
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान
24-Sep-12

No comments :

Post a Comment