Monday, September 24, 2012

312.भविष्य तिम्रो उज्वल पार्न खाडीमा जाऊँला


भविष्य तिम्रो उज्वल पार्न खाडीमा जाऊँला
कुरेर बस्नु हे मेरी प्यारी फर्केर आँउला।।।।।

एक छाक खान छैननि दाना जिन्दगी चुहिने
फर्केर आए गरिबको धुरी खुशीले छाँउला ।।

यादमा ताजा बालबच्चा सधैँ प्यारीको गुनासो
परिवार सम्झि बिछोडका गित पर्देशमा गाउँला

बगाए धेरै पसिना मैले सपना फुलाउँन
अब त क्यारे खुशीमा रम्दै परिवार पाउँला।

नरुनु प्यारी धेरै दिन छैन कल्पेर रुनलाई
यो सालको दशैँ परिवार सँगै खुसिले मनाउँला ।।

"अनमोल"गौरव
सिनामंगल काठमाडौं

No comments :

Post a Comment