यो मनमा आँट नभाको नि हैनअली अलि गाँठ नभाको नि हैन
खै के ले रोक्यो खेती गर्नलाई
चाहिनेजती फाँट नभाको नि हैन
बिदेशिने मन किन गर्छ होला
दासी हुने पाठ नभाको नि हैन
रोप्ननि आउछ गोड्ननि आउछ
किसानी को छाँट नभाको नि हैन
फलाए पुग्छ सुनझै बिक्छ पनि
बेच्नलाई हाट नभाको नि हैन
नबिन नेपाल
भक्तपुर







No comments :
Post a Comment