Wednesday, September 26, 2012

335.लुकी छुपी जून सँग रात हाम्रै हुन्थ्यो!

लुकी छुपी जून सँग रात हाम्रै हुन्थ्यो!
डाहा गर्थे दुनियाले बात हाम्रै हुन्थ्यो !

जती कोसिस गरे पनी छुटाउन माया!
झन कस्सी बलियो हात हाम्रै हुन्थ्यो !

नदिनु पीड़ा दियो समाजले हामीलाई!
रमाऊँथ्यौं सधै त्यो मात हाम्रै हुन्थ्यो !

मिलन हाम्रो टूटाउन कति बाधा परे है!
बाधा बन्धन तोडेर साथ हाम्रै हुन्थ्यो !

अस्वच्छ भावना समाजमा छुवाछुत्को!
स्वच्छ त्यो मायाको जात हाम्रै हुन्थ्यो!

कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया

No comments :

Post a Comment