जिन्दगी परिभाषित गर्ने, किताब बेग्लै खोज्दैछु उत्तरहरु तर पनि,जवाफ बेग्लै
विज्ञान अनि गणित,विषय फरक फरक
साँच्चै नमिल्न्ने रैछ हजूर, हिसाव बेग्लै
धेरैको मुखारबाट सुनें,तितामिठा भावहरु
मानिससंगै ति भावनात्मक, सुझाव बेग्लै
पिउन मन लाग्छ,देख्दा हालत जीवनको
मात उस्तै'उस्तै लाग्यो तर, सराब बेग्लै
पत्थररूपी जीवनलाइ,फूलसंग दाँज्नु व्यर्थ
फूलहरू प्रसस्त फूले यहाँ तर, गुलाव बेग्लै
रोहित राना
बुटवल-रुपन्देही
हाल- काबुल,अफगानिस्थान







No comments :
Post a Comment