
ज्ञानको ज्योति बनी ,,बल्थ्यो दियो त्यहाँ!
खै शांति? किन भंगभयो?अत्याचार किन?
आत्मा मर्यो? स्वार्थी भै ज्यान लियो त्यहाँ!
चारै-तीर रगतको नदी ,बगि रहेको हुन्छ!
निर्दोस मरिरहे ,दानवले खून पियो त्यहाँ!
दिन रात फरक छैन उज्यालो के-के अँधेरो
किन?अज्ञानको अँधेरोले दिन सियो त्यहाँ
पनप्दैछ पाप-पापी मान्छे को कुना -कुनाँ!
फेरीनी बुद्ध जन्मिन्देउ अशांति जियो त्यहाँ
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
No comments :
Post a Comment