Saturday, October 13, 2012

441.बेहुलीको मुख देख्ने चलन हराएछ


बेहुलीको मुख देख्ने चलन हराएछ
नन्दले बाटो छेक्ने चलन हराएछ

आजकलका आधुनिक बिबाह भन्छन
भित्तामा जिम्ती लेख्ने चलन हराएछ

लछ्छीनकी बुहारी घर भित्रिदा दैलामा
दायाँ पाउँ अघि टेक्ने चलन हराएछ

सासु बुहारी बिच कुस्ती र लुकामारी
भान्छामा सगैँ रोटी सेक्ने चलन हराएछ

बेहुलीले बेहुलालाई हराउनै पर्ने थियो
सकुनीका पासा फेक्ने चलन हराएछ ॥

प्रकाश अज्नबी
कुर्घा पर्बत ॥

1 comment :

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete