Tuesday, October 16, 2012

454.दुइ वटा कुरा हुन्छ दसै पछाडी !

दुइ वटा कुरा हुन्छ दसै पछाडी !
फुल यात छुरा हुन्छ दसै पछाडी !!

सफा मनले दुर्गासँग माग्नु दसैमा
मन्को इच्छा पुरा हुन्छ दसै पछाडी !

यस्तै चोट यस्तै पिडा दोहोरिरहे
बाटा अझै साँघुरा हुन्छ दसै पछाडी !

मत्तीने र आत्तीने को बिस्वास नगर्नु

दुख पिडा मधुरा हुन्छ दसै पछाडी !

मिठो बोली मिठै माया गर्छौ भने
सिन्दुर र चुरा हुन्छ दसै पछाडी !

आटेको र चाहेको मिलोस सबैलाई
नत्र 'नेपाल' बेसुरा हुन्छ दसै पछडि !

नबिन नेपाल
सुडाल ०८
भक्तपुर

No comments :

Post a Comment