Sunday, October 28, 2012

487.दु:ख लाग्छ पिडा हुन्छ मुटु भाचिदैन ,


दु:ख लाग्छ पिडा हुन्छ मुटु भाचिदैन ,
पिडा धेरै भए मर्छ साच्चै बाचिदैन ।

सुन चाँदि हिरा मोति सक्छौ जोगाउन ,
बहकिने मन भित्र माया साचिदैन ।

नभन है थपडिमै सबै नाच्न थाल्छन् ।
सुर ताल अनि सगिंत बिना नाचिदैन ।

व्यबहारले देखाउछ तिम्रा सारा कुरा,
डाक्टरले बिरामी झै बिश्वास जाचिदैन ।

शान्ति अधिकारी
बाँके २०६९

No comments :

Post a Comment