Thursday, December 27, 2012

568. गोकर्ण कोईरालाका गजलहरु

1. गजल
पिउदैनथे रक्सी आज पिए कति कति
पिएर पो मज्जा पनि लिए कति कति

दुख लाग्यो आफु देखि आँफैलाई आज
छिया भएको मुटु झनै खिए कति कति 

किन होला मन छैन अह मौन  नि छैन 
यता  हेर जन्जीर बैश जिए कति कति 

रत्ती पनि बिश्वास छैन अब जिन्दगिको
साथमा साथ भने माया दिए कति कति

कस्तो मलाई धोका भयो पराई भै दिदा
मनको बाध्यताले  तन सिए कति कति
गोकर्ण कोईराला
मिलौनचोक-४ सर्लाहि
हाल-अफ्गानिस्तान
कान्दाहर

2. गजल
फटा बेकम्मा जाली भय।
दुनिया सामु ताली भय।।

मागेको मैले केनै थिय र
घृणाको आज माली भय।

जे हुनु अब भैइ नै हाल्यो
सबैले नै थुक्ने नाली भय।

के गर्यौ तिमीले यस्तो दैव?
तिमी भित्र पनि गाली भय।

गोकर्ण कोइराला
मिलौनचोक-४ सर्लाहि
हाल,अफ्गानिस्तान 

3.गजल
मेरो जीवन लास हुन्छ।
तिम्रो निम्ती खास हुन्छ।।

सुने भने खुशी अन्तै तिम्रो
प्राण नै त्यसै नास हुन्छ।

माया गर्नु पाप हो भनिदेउ
दासी झै जीवन पास हुन्छ।

गरेकै छन यहाँ प्रेम सबैले 
देखेरै जसोतसो आश हुन्छ।

भनेको तिमी सुन्दै सुन्दैनौ
बाटो मेरो जुवा तास हुन्छ।

एकदिन हेर मर्नै पर्छ पक्कै
स्वर्ग तिर जीवन बास हुन्छ।
गोकर्ण कोइराला
मिलौनचोक-४ सर्लाहि
हाल,अफ्गानिस्तान

4.गजल
जिउने छु अब लासमा जिउने छु।
राणभुमिको डर त्रासमा जिउने छु।।

घात लग्यो मित्रहरु सबै नै भुलि
घाटाई दिनकै नासमा जिउने छु।।

दौडिरहे म सधैं पैसाकै पछि पछि
हरियो डलरको बासमा  जिउने छु।।

धन दौलत कमाए छैन उस्को साथ।
जिन्दगीनै नयाँ खासमा जिउने छु।।

दियौ दैव्!दिनत सबै थोकहरु दियौ।
छ मात्र दुईमुठि सासमा जिउने छु।।

गोकर्ण कोइराला
सर्लाही-४ मिलौनचोक
हाल अफ्गानिस्ता  


5.गजल 
भुट्नु भुटे पछि मलाई
नाता टुटे पछि मलाई

किन भन्छौ सबै कुरा
चुरा फुटे पछि मलाई

सोच्नु पर्ने तिमीले हो
भन्यौ लुटे पछि मलाई

दिए होलान सुख सारा
बैशले कुटे पछि मलाई

गोकर्ण कोइराला
सर्लाही-४ milaunchok
हाल्-अफ्गानिस्तान

No comments :

Post a Comment