Tuesday, June 11, 2013

625. सुनारदेखि सुन डराउँछ होला (सुनिल ढकाल)

सुनारदेखि सुन डराउँछ होला ।
बन्दुकसँग खुन डराउँछ होला ।।

सधैँको गूलिया कुरा मात्र कति,
त्यो स्वरसँग नून डराउँछ होला ।।

खोक्नलाई पनि सुर खोजेपछि,
अब त पक्कै धुन डराउँछ होला ।।

हरेकलाई प्रिय दुहुनो गाई किन?
सोचेर यही थुन डराउँछ होला।

बयान त्यो मुहारको गरूँ कति म,
कठै बिचरो! जून डराउँछ होला ।।
         @सुनिल ढकाल,पोखरा
            हाल नयाँ दिल्ली

No comments :

Post a Comment