आदरणीय गुरु श्री पोस्टराज चापागाईज्यूद्वारा प्रतिपादित छन्द "छुकुङरीमा" आधारित:-
कोमल गज़ल
***************
मरणकै रहर भो भन के गरौँ
विगत नै जहर भो भन के गरौँ
सुखदका पलहरु सपनै बने
हरघडी कहर भो भन के गरौँ
यति छिटै मगनका दिन टाढिए
नियतिकै ठहर भो भन के गरौँ
सगरमा घनघटा अझ फैलियो
अशुभकै लहर भो भन के गरौँ
छिनछिनै तडपले मन भाँचियो
जलनकै पहर भो भन के गरौँ
पतझडै सरि बन्यो अब "कोमल"
सब पथै डहर भो भन के गरौँ
छन्द -छुकुङरी
गण :-न भ ज ज गु
सूत्र:-lll SII ISI ISI S
(४-४ अक्षरमा विश्राम )
कोमल भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क








No comments :
Post a Comment