Tuesday, June 18, 2013

643.शितले रुझेको पात छोएं आज

शितले रुझेको पात छोएं आज  
थाम्नलाई तिम्रो हात छोएं आज

बहकियो मन भावनामा रोकिएन
मायालु मनको जात छोएं आज

तिम्रै छ याद र तिर्सना मुटुभरि
चाहनामा समर्पणको लात छोएं आज

उकाली चढेको छ आशाले जीवन
सफलताले भरेको खात छोएं आज

बोलाउंदै तिमीलाई परेलिको ईशाराले
प्रेम प्यालाको मात छोएं आज

बिकास कँडेल"निस्छल"
बिरेन्द्र नगर -७ चितवन

No comments :

Post a Comment